कहिलेकाही घर बसिरहेको बेलामा सोच्दछु, उमेर त कहाँ धेरै भएको छ र मेरो तर मेरो जन्म यस्तो समयमा
भएको रहेछ की पुराना ती परम्परागत प्रबिधी र अहिले एक्काइसौ शताब्दीको आधुनिक
प्रबिधी दुबै संग घुलमिल हुने मौका पाए। एसो सम्झिन्छु मम्मीले धान कुट्न
ढिकीजाँतो गर्नुभएको अनी फेरि अहिलेको समय हेर्छु मिल बाट सजिलै तेत्रो बोराका
बोरा धान कुटेको देख्छु। एक जमना थियो जब हाम्रो घरमा टेलिफोन हुन्थ्यो अनी
मान्छेहरु कहाँ कहाँबाट फोन गर्न भनेर हाम्रो घर सम्म आइपुग्थे अनी आहिले हेर्छु
प्रतेक मान्छेको हात हातमा मोबाइल हुन्छ, मोबाइल नभएको साएदै कुनै परिवार होला। अहिलेका अती आधुनिक मोबाइलहरु हेर्छु
अनि त्यो नोकियको त्यो सानो मोबाइल सम्झिन्छु र मनमा लाग्छ समयले यती छिटो कोल्टे
फेर्छ भनेर कस्ले सोचेको थियो होला। आज पनी झलझली सम्झिन्छु ति रमाइला क्षण,
स्कूलबाट घर आएपछी हतार हतार गृहकार्य सकेर
क्रिकेट खेल्न भनेर चउर तिर लागी हाल्थ्यौ। मलाई अरु खेल भन्दा नी क्रिकेट आसाध्यै
मन पर्थ्यो। खेल्न खासै नजानेपनि ब्याट र बल लिएर सधैं साथिहरु जम्मा भैन्थ्यो।
आजकल त चार जना जम्मा भए अनि एउटा स्क्वॉड बनिहाल्यो क्यारे अनि दिनभर को दिनभर
तेही 'PUBG' खेल्यो बस्यो। साचैँ कती
रमाईलो हुन्थ्यो, आज पनी ति बितेको
बाल्यकाल सम्झदा मन निकै प्रफुल्लित हुन्छ। आजकल कहाँ गए ति गुच्चा, डन्डीबीयो, लख्खू ढाल्ने, चुंगि, ढ्याक्की अनि अझै थुप्रै
रमाइला खेल हरु! हामी खेल्ने गरेको चउरमा त अहिले प्लटिङ भएर ठुला ठुला घर बनेछन्
तर घर संगसँगै मान्छेको मन चाहिँ ठुलो भएको देखिन मैले चाही!
हाम्रो घरमा एउटा रडियो र एउटा १४ इन्चको ब्ल्याक एण्ड ह्वाईट टिबी थियो।
बिहानपख रडियोमा रासिफल सुनेर दिनको सुरुवात हुन्थ्यो भने बेलुका भएपछी टिबीको
अगाडी बसिन्थ्यो, आजकल जस्तो कहाँ
डिसहोम र सेटअप बक्स हुन्थ्यो र! घरको छतमा एउटा एन्टीना थियो जस्ले गर्दा 'NTV',
'NTV PLUS' र 'DD NATIONAL' गरेर तिनवटा च्यानल आउथियो। नेपाल टेलीभिजनमा
बेलुका बेलुका टेलीशृंखला हरु आउथिए हामी तेही हेरेर बस्थियौ। म चाहिँ 'सोमबार - जिरे खुर्सानी', 'मंगलबार - मेरि बास्सै', 'बिहीबार - तितो सत्य' अनि 'शुक्रबार -
झ्याइकुटी' हेरेको सम्झिन्छु। खुब
रमाईलो हुन्थ्यो! यही कुरा अहिलेका बच्चाहरुले सुन्दा अचम्म लाग्नी भैसक्यो। स्मार्टफोन
र युटुब हेरेर हुर्किएकलाई के थाह पहिला कस्तो थियो। अहिले त रडियोको महत्व धेरै
कम भैसक्यो। सूचना प्रविधिको बिकाससंगै अहिले मोबाइल, टिबी, कम्प्युटर,
ल्यापटप र इंटरनेट जस्ता कुरा हरु निकै सामन्य
भैसक्यो।
ताते ताते गर्दै स्कूल जान लागेको अस्ति भर्खरै जस्तो लाग्छ, हेर्दाहेर्दै अहिले कलेज पढ्ने भैसकियो।
समयसँगै पढाउने बिधी र तरिका पनि फेरिदै गएको छ। कालोपाटी बाट पढाइको सुरुवात
गरेका हामी ह्वाईट बोर्ड हुदै प्रोजेक्टर बाट पढ्ने भैसक्यौ। अहिले त झन अन्लाईन
कक्षाको पनि सुरुवात भैसकेका छन कतिपय शैक्षिक संस्था हरुमा त। कहिलेकाँही म र
बाबा बसेर गफ गर्छौ, बाबा भन्नहुन्छ,
"हेर बाबू हामीले स्कूल
जाने बेलामा रोडको त्यो बिचमा सेतो लाइन हुन्छ नी त्यसमा बल पास गरि गरि
जान्थ्यौ" त्यो सुनेपछि म आफू कलेजबाट फर्किदा बाटो काट्न लाग्ने समय
सम्झिन्छु।
अब सामाजिक सञ्जाल कै कुरा गर्ने हो भने नि १५/२० बर्ष अगाडी सायदै कसैले
कल्पना गरेको थियो होला कि यस्तो हामी यस्तो नयाँ अन्लाईनको संसार पाउनेछौ भनेर।
स्मार्टफोन, कम्पूटर र इंटरनेटको
आबिस्कार पछि प्रबिधिको क्षेत्रमा हामिले निकै ठुलो फड्को मार्यौ। अहिलेको समयमा
यी चीजहरू हाम्रो जीवनको एउटा अभिन्न भाग बनेको छ। अहिले झन् कोभिड को समयमा
प्रायः सबै काम अनलाइन मार्फत हुने भएकाले पनि यी प्रविधिको प्रयोग बढ्दै छ।
शब्दकाे बयान राम्राे छ सुदिप!!
ReplyDeleteधन्यवाद सगार!
Deleteमन छुने कुरा लेखेको रहेछौ सुदिप ।
ReplyDeleteसारै राम्रो लाग्यो तिम्रो शब्द बयान।
धन्यवाद साथी।
Deleteआज बल्ल थाहा भयो तिमी लेखक पनि रैछौ भनेर । सबैसँग सम्बन्धित हुने कुरा छ यसरीनै लेख्दै गर ����
ReplyDeleteसानो प्रयास मात्र हो यो त🙏
Deleteधन्यवाद तिमिलाई!
Timro kura sunera 1 min ko lagi mobile chalauna xoddim jasto vayo ��.
ReplyDeleteBtw timro words ekdamai ramro lagyo ��. Ajhai astai kura haru sunne mauka pau bhanni chahana xa ��. Best of luck !!!
मोबाइल नछोड, फेरि यस्तै यस्तै कुराहरु कसरि सुन्छौ त😅
DeleteThis comment has been removed by the author.
DeleteThis comment has been removed by the author.
ReplyDelete