कहिलेकाही घर बसिरहेको बेलामा सोच्दछु , उमेर त कहाँ धेरै भएको छ र मेरो तर मेरो जन्म यस्तो समयमा भएको रहेछ की पुराना ती परम्परागत प्रबिधी र अहिले एक्काइसौ शताब्दीको आधुनिक प्रबिधी दुबै संग घुलमिल हुने मौका पाए। एसो सम्झिन्छु मम्मीले धान कुट्न ढिकीजाँतो गर्नुभएको अनी फेरि अहिलेको समय हेर्छु मिल बाट सजिलै तेत्रो बोराका बोरा धान कुटेको देख्छु। एक जमना थियो जब हाम्रो घरमा टेलिफोन हुन्थ्यो अनी मान्छेहरु कहाँ कहाँबाट फोन गर्न भनेर हाम्रो घर सम्म आइपुग्थे अनी आहिले हेर्छु प्रतेक मान्छेको हात हातमा मोबाइल हुन्छ , मोबाइल नभएको साएदै कुनै परिवार होला। अहिलेका अती आधुनिक मोबाइलहरु हेर्छु अनि त्यो नोकियको त्यो सानो मोबाइल सम्झिन्छु र मनमा लाग्छ समयले यती छिटो कोल्टे फेर्छ भनेर कस्ले सोचेको थियो होला। आज पनी झलझली सम्झिन्छु ति रमाइला क्षण , स्कूलबाट घर आएपछी हतार हतार गृहकार्य सकेर क्रिकेट खेल्न भनेर चउर तिर लागी हाल्थ्यौ। मलाई अरु खेल भन्दा नी क्रिकेट आसाध्यै मन पर्थ्यो। खेल्न खासै नजानेपनि ब्याट र बल लिएर सधैं साथिहरु जम्मा भैन्थ्यो। आजकल त चार जना जम्मा भए अनि एउटा स्क्वॉड बनिहाल्यो क्यारे अनि द...
damii dammi hai
ReplyDeleteThank You🥰
Deleteohhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhh
ReplyDelete