Skip to main content

Posts

Showing posts from May, 2021

तिमी र म

जब तिमी मेरो नजिक हुन्छौ , यो मेरो मन फुरुङ्ग हुन्छ। नबोले पनि तिमी , यो मनले तिम्रै आवाज सुन्छ।।   जब तिमी टाढा हुन्छौ , हरपल तिम्रो याद आउछ। मेरा यी नयन भरि , तिम्रै तस्बिर छाउछ।।   आगो भए तिमी , बनिदिन्छु म पानी। रहर छ बनाउने तिमीलाई , मेरो दिलको रानी।।   सपना झैँ लाग्छ , तिमीसंग भेटेको त्यो समय। हाम्रो सुन्दर भविष्य कल्पना गरेर , म भित्र भित्रै रमाय।।   झर्केर तिमीसंग बोल्दा , यो मन मेरो दुख्छ। अरु केहि चाहिदैन मलाई , मात्र तिम्रो साथ भए पुग्छ।।